कलाकार गोपाल राउतको निधन
मङ्गलबार, १३ साउन २०७७, १२ : २१
काठमाडौँ । कलाकार गोपाल राउतको निधन भएको छ । अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा सोमबार बिहान उनको निधन भएको हो । नेपाली चलचित्रका पुराना कलाकार गोपाल राउतको हृदयघातको कारण निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिए ।
पछिल्लो समय अमेरिकमा बस्दै आएका राउतले रुपमति, गुलाफ एकै पटक फुल्छलगायत दर्जनौँ टेलिशृङ्खला अभिनय गरेका थिए । उनले फिल्म भने प्रेमयुद्ध, दोधारलगायत केही अभिनय गरेका छन् ।
उनको अन्तेष्टि आगामि शुक्रबार नेपाली परम्परा अनुसार गरिने उनको सासू लक्ष्मी शर्माले बताइन् । राउतका एक श्रीमती, दुई छोरा रहेका छन् ।