सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्याङ्जामा थपिएका संक्रमितमध्ये १६ जना प्रहरी

मङ्गलबार, १३ साउन २०७७, २० : ३५
मङ्गलबार, १३ साउन २०७७

पोखरा । स्याङ्जामा आज थपिएका २५ संक्रमितमध्ये १६ जना संक्रमित प्रहरी रहेको खुलेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बेलुकी विज्ञप्ति निकालेर स्याङ्जामा २५ संक्रमित थपिएको जानकारी दिएको थियो । 

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले १६ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । हिजो मात्रै स्याङ्जा प्रहरी प्रमुखसहित १८ जनालाई कोरोना पुष्टि भएको थियो । यसअघि पनि स्याङ्जामा २ हवल्दार र एक सिपाहीमा कोरोना पुष्टि भई सकेको छ । यो सँगै स्याङ्जामा ३७ प्रहरीमा कोरोना पुष्टि भएको छ । 

सुरक्षा निकायका प्रतिनिधि नै कोरोना संक्रमित बनेपछि स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । 
बागलुङमा ६ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको थियो । पछिल्लो अपडेटअनुसार गण्डकीका कुल संक्रमितको संख्या १४३० पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप