बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

घुँडा दुख्छ ? यो घरेलु पेय पदार्थले दिन्छ राहत

बुधबार, १४ साउन २०७७, ०८ : ४७
बुधबार, १४ साउन २०७७

आजकाल धेरै मानिसहरुमा घुँडा दुख्ने समस्या हुन्छ । घुँडा दुख्ने समस्या समाधानका लागि धेरैले अस्पतालको चक्कर पनि लगाएका हुन्छन् तर भनेजस्तो नतिजा प्राप्त नगरेपछि दुखाई सहेर नै बस्ने बानीसमेत कतिले विकास गरिसकेका हुन्छन् । यस्तोमा यहाँ हामी तपाईंलाई एउटा यस्तो घरेलु उपचारबारे जानकारी दिँदै छौं, जुन बनाउन निकै सजिलो छ र हाम्रो भान्छामा पनि निकै सजिलै पाइन्छ ।

के कुरा आवश्यक पर्छ ?

एक वा आधा चम्चा कालो मरिच

एक सानो चम्चा जिरा

एक सानो चम्चा मेथीदाना

मेथीदानाको पाउडरः

ड्रिङ्क तयार गर्नका लागि मेथीलाई मसिनो गरेर मिक्सचरमा पिस्ने र छानेर एउटा कचौराा राख्ने ।

कालो मरिचको पाउडरः

यस्तै कालो मरिचलाई पनि मिक्सचरमा पिसेर पाउडर तयार गर्नुहोस् र त्यसपछि मेथीको पाउडर राखिएको कचौरामा छानेर राख्नुहोस् ।

तौल घटाउन गुणकारी जिराः

अब तपाईंले जिरा पिसेर त्यसको पाउडर बनाउनुपर्छ । जिरा पाउडरलाई पनि कचौरामा छानेर राख्नुहोस् ।

ड्रिङ्कका लागि मिश्रण तयार गर्नुहोस्ः

जिरा, मेथीदाना र कालो मरिचको पाउडरलाई मिक्स गरेर एउटा एयर टाइट डिब्बामा राख्नुहोस् ।

यो ड्रिङ्क कसरी बनाउने ?

अब एक गिलास पानीमा आधा चम्चा तयार गरिएको पाउडर राखेर घोल्नुहोस् । घुँडाको दुखाईबाट छुटकारा दिलाउनका लागि ड्रिङ्क तयार छ ।

कहिले पिउने :

घुँडाको दुखाई कम गर्नका लागि दैनिक राती सुत्नु अघि यो पिउनुहोस् ।

कहिलेसम्म देखिन्छ असर ?

यदि तपाईं २० दिनसम्म लगातार यो ड्रिङ्क पिउनुहुन्छ भने घुँडा दुखाई कम गर्न यसले निकै मद्दत गर्नेछ । तपाईंले कम्तीमा दुई महिनासम्म यसको सेवन गर्नुपर्छ ।

तितो हुन्छ स्वादः

यो पेय पदार्थको स्वाद तपाईंलाई तितो लाग्न सक्छ, त्यसकारण तपाईं यसमा स्वादानुसार शख्खर पनि मिसाउन सक्नुहुन्छ ।

शरीरले पाउँदा शक्तिः

यो ड्रिङ्कले घुँडा दुखाईबाट छुटकारा दिलाउनुका साथै शरीरलाई शक्ति पनि प्रदान गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप