सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

बुधबार, १४ साउन २०७७, ०९ : १२
बुधबार, १४ साउन २०७७

 कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मंगलबार बझाङ्गका ६५ वर्षीय  एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसँगै प्रदेशभर मृतकको संख्या ९ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट बितेको २४ घण्टामा ४२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट ३८ जना गरी ८० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । यस्तै कैलालीबाट ५५ जना मंगलबार निको भएर घर गएका छन् ।

 सुदूरपश्चिमको प्रयोगशालामा हालसम्म पिसिआर बिधिबाट ३२ हजार २६२ जनाको नमुना परीक्षण भएकोमा अछामका ६६७, बैतडीका ३०७, बझाङ्गका १७४, बाजुरा ४४९, डडेल्धुराका २९५, दार्चुलाका २१, डोटीका ६६३ , कैलालीका १०९३ र कञ्चनपुरका ५१४ गरी कुल ४ हजार १८३ जनामा संक्रमण पुष्टि भएको छ । 

जसमा महिला ९९० र पुरुष ३ हजार १९३ रहेका छन् । क्वारेन्टिनमा २ हजार ३९१ पुरुष र ८ सय १५ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा हाल शंकास्पद १४ र संक्रमित ५३ गरी ६७ जनाको उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप