सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि

बुधबार, १४ साउन २०७७, १६ : २०
बुधबार, १४ साउन २०७७

जनकपुर । प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको नमुना परीक्षण भएकोमा सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पोजेटिभ पाइएको हो । 

संक्रमितमा मन्त्रालयका एक चालक,  एक जना स्टोर किपर र एक जना कार्यालय सहायक रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

त्यस्तै महोत्तरीको प्रकौलीस्थित नेपाली सेनाको ब्यारेकमा पनि २२ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ पाइएको महोत्तरीको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

प्रदेश नम्बर २ को रौतहट जिल्लामा १ हजार २ सय ५५, महोत्तरीमा ७ सय ७२, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय ३८, सप्तरीमा ४ सय ५६, पर्सामा २ सय ७८, सिरहामा २ सय १० र बारामा १ सय ६७ जना गरि ४ हजार ४ सय ८३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सबै भन्दा बढी रौतहट जिल्लामा कोरोना संक्रमितहरु छन् ।

संक्रमित मध्ये सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ५ सय ३३, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय २८, रौतहटका ७ सय ४१, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरि ३ हजार १८ जना व्यक्ति डिस्चार्ज भईसकेका छन् भने पर्सामा ५, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरी १२ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप