सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो

बुधबार, १४ साउन २०७७, १६ : ४३
बुधबार, १४ साउन २०७७

नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएका छन् । 
बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ ।
हालसम्म निको भएकासहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार २ सय ७३ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप