सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, १५ साउन २०७७, १६ : ४१
बिहीबार, १५ साउन २०७७

बितेको २४ घण्टामा थप २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४१, भक्तपुर र ललितपुका २–२ जना समेत रहेका छन् । 

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४१ सहित थप २७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 
पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ ।  निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ।

बिहीबार पीसीआर विधिबाट ६ हजार ३ सय ४ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप