सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मास्क लगाउन मान्दैनथे ट्रम्पका यी साथी, कोरोनाले लियो ज्यान

शुक्रबार, १६ साउन २०७७, १४ : ०३
शुक्रबार, १६ साउन २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उनले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । ७४ वर्षीय केन आफैं कुनै समय रिपब्लिन पार्टीमा राष्ट्रपतिको उम्मेदवारका प्रत्यासी थिए । गत चुनाव र यसपटक पनि उनी ट्रम्पको चुनावी अभियानमा समर्थक थिए । कोभिड–१९ को संक्रमणपछि केनको मृत्यु भएको जानकारी बिहीबार उनको वेवसाइटमा दिइएको छ । 

ओख्लाहोमास्थित तुल्सामा ट्रम्पको -यालीमा सहभागी भएर फर्किएको ९ दिनपछि २९ जुनमा केनलाई कोभीड–१९ भएको पुष्टि भएको थियो । यस -यालीमा सहभागी अन्य धेरै व्यक्तिले पनि मास्क लगाएका थिएनन् । जुलाई महिना अधिकांश समय केनले एटलान्टा क्षेत्रको अस्पतालमा बिताए । 

‘केनको करियर निकै अद्भूत रह्यो र उनीसँग भेट्ने सबैले उनको प्रशंशा गरे, विशेषगरी मैले । उनी धेरै विशेष मान्छे थिए,  अमेरिकी राष्ट्रवादी र मेरा महान् साथी,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् । 

ट्रम्पका धेरै समर्थकहरुले जनस्वास्थविद्हरुको सल्लाह अस्वीकार गरेका छन् र मास्क लगाउन मानेका छैनन्, मास्कले उनीहरुलाई भाइरसको संक्रमणबाट जोगाउनसक्थ्यों, तर उनीहरुले फरक राजनीतिक वक्तव्य दिएका छन् । 
आफूमा कोरोना देखिएको घोषणा गर्नुपूर्व केनले ४ जुलाईमा दक्षिण डाकोटास्थित माउन्ट रुसमोरमा राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रमबारे जानकारी दिदैं ‘मास्क अनिवार्य छैन’ भनेका थिए । ‘राष्ट्रपति ट्रम्सले सहभागीता जनाउने यस कार्यक्रमका लागि मास्क लगाउनु अनिवार्य छैन, मानिसहरु वाक्क भइसकेका छन्,’ उनले ट्वीट गरेका थिए ।

केनको मृत्युसँगै चर्चित कन्भरभेटिभहरुले समवेदना सन्देश पठाइरहेका छन्, यता उदारवादीहरुले यस अवसरलाई मास्कको प्रवद्र्धनका लागि प्रयोग गरेका छन् ।  ‘हर्मन केन मिस हुनेछन्, उनी अहिलेसम्मकै एक महान् कन्भरभेटिभ आवाजमध्ये थिए, म उनको हँसिलो अनुहार बिर्सनेछैन,’ टि–पार्टी पेट्रियोट्सका सह–संस्थापक जेनी बेथ मार्टिनले ट्वीटरमा लेखेका छन्, ‘केनले आफैंलाई एबीसी म्यान अर्थात् ‘अमेरिकन ब्ल्याक कन्जरभेटिम’ भनेर चिनाउने गरेका थिए र उनले न्युजम्याक्स टिभीमा भर्खरै नयाँ शो सुरु गरेका थिए र २०२० को राष्ट्रपतीय चुनावमा भूमिका खेल्ने आशा थियो ।’

२०१२ को राष्ट्रपति निर्वाचनमा केन पनि रिपब्लिकन पार्टीको आन्तरिक चुनावमा उम्मेदवारका प्रत्यासी थिए । २०१६ को  राष्ट्रपतिय चुनावमा उनी ट्रम्पका समर्थक थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप