सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यूपीका क्याबिनेट मन्त्री कमला रानीको कोरोनासंक्रमणबाट मृत्यु

आइतबार, १८ साउन २०७७, ११ : ४७
आइतबार, १८ साउन २०७७

उत्तर प्रदेशकी क्याबनेट मन्त्री कमला रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । गत १८ जुलाईमा उनी कोरोनासंक्रमित भएको पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि लखनऊस्थित एसजीजीआईमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार उनको निधन भएको हो । मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने कार्यक्रम पनि रद्द गरेका छन् ।

कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुर सीटबाट चुनावी मैदानमा उतारेको थियो । यो सिटबाट पार्टीका लागि चुनाव जित्ने उनी पहिलो विधायक पनि हुन् । उनी गत वर्ष राज्यको क्याबिनेटमा मन्त्री बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप