सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइफोन एक्स आज सार्वजनिक हुँदै, के वास्तविक होलान् त अफवाह !

मङ्गलबार, २७ भदौ २०७४, १४ : ४२
मङ्गलबार, २७ भदौ २०७४

बीबीसी

एप्पल आइफोन लञ्चको १० औं वार्षीकोत्सवमा आइफोनको अपग्रेटेड भर्जनबाट पर्दा उठाउने भएको छ । एप्पल १२ सेप्टेम्बरमा आइफोन एक्स र अन्य मोडल लञ्च गरिनेछ ।

आइफोन एक्समा थुप्रै आधुनिक विशेषता भएको बताइँदैछ । यद्यपी, यसको लञ्च हुनुअघि हरेक महिना केही न केही अफवाह आइ नै रहेका छन् ।

एप्पलले पहिलो पटक आफ्नो तीनवटा फोन एकैपटक लञ्च गर्ने अनुमान गरिएको छ । यसमा आइफोन एक्सका साथै आइफोन सेभेन र आइफोन सेभेन प्लसको अपग्रेटेड भर्सन हुने सम्भावना जताइएको छ ।

यसलाई आइफोन एट र आइफोन एट प्लस नाम दिइएको छ । आइफोन एटको लामो प्रतिक्षा आज समाप्त हुने भएको छ ।

यसका साथै एक प्रिमियम मोडल लञ्च गरिनेछ जसको नाम आइफोन एक्स हो । यसको नामले आइफोनको १० औं वार्षिकोत्सवतर्फ इशारा गरिरहेको अनुमान गरिएको छ ।

कम्पनीको यो कार्यक्रम ‘स्पेसशिप’ क्याम्पसमा बनेको स्टिव जब्स अडिटोरियममा हुनेछ ।

कस्ता विशेषता हुनेछन् ?

आइफोन एक्स अन्य फोनको तुलनामा पातलो हुनुका साथै एज–टू–एज डिस्प्ले हुने बताइएको छ । साथै, यसको पछाडि एउटा भर्टिकल डेअल क्यामरा सेटअप हुने सम्भावना पनि रहेको छ । यसमा टच आइडीको साटो फेस आइडीको फिचर हुनेछ । फेस आइडीको विशेषता यो हुनेछ कि यो अँध्यारोमा पनि काम गर्न सक्षम हुनेछ ।

साथै, आइफोन एक्समा ओलेड स्क्रिन हुने सम्भावना पनि रहेको छ । यस्तै, आइफोन एट र आइफोन एट प्लसमा अहिले पनि एलसीडी स्क्रिन हुनसक्छ ।

तीनै आइफोनमा ग्लास रियर हुनेछ जसले वायरलेस चार्जिङ सुविधा दिनेछ । यसलाई मेटलको साटो ग्लास र प्लाष्टिकबाट चार्ज गरिनेछ । यो नयाँ विशेषतापछि फोन चार्ज गर्नका लागि चार्जरको आवश्यकता समाप्त हुनेछ ।

आशा छ कि आइफोन एट र आइफोन एट प्लस लञ्च गरेलगत्तै बिक्रिका लागि उपलब्ध गराइनेछ भने आइफोन एक्समा केही समय लाग्नेछ ।

लिक भएका थिए विशेषताः

आइफोनको अपग्रेटेड भर्सन लञ्च हुनु अघि त्यसका विशेषता लिक भएको अफवाह फैलिएको थियो । आइफोन एटका ११ विशेषता लिक भएको खबर थियो ।

साथै एप्पलले तीन वर्षमा पहिलो पटक आइफोनको डिजाइन परिवर्तन गरेको बताइँदै छ । साथै एप्पल आइफोनमा लामो समयदेखि दिइँदै आएको होम बटन पनि परिवर्तन हुनसक्नेछ । यसको साटो भर्चुअल होम बटन दिने सम्भावना रहेको छ ।

आइओएस डेभलपर स्टिवन ट्राह्टनले आइफोन एक्स कम्पनीको अहिलेसम्मको प्रिमियम मोडल हुनेछ । जसमा विभिन्न नयाँ विशेषता हुनेछ ।

यद्यपी, डिजाइनमा परिवर्तनका साथै विशेषतामा के परिवर्तन हुनेछ त्यसबारे फोन लञ्च भएपछि मात्र स्पष्ट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप