सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका पूर्वएआईजीलाई कोरोना संक्रमण

बुधबार, २१ साउन २०७७, ११ : ३४
बुधबार, २१ साउन २०७७

काठमाडौं । नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकृतका अनुसार लकडाउन अवधिभर काठमाडौं बाहिर नगएका पूर्वएआईजीको संक्रमणको स्रोत भेटिएको छैन ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्तको परिवारमा पनि संक्रमण देखिएको छ । आयुक्तका परिवारका दुईजना सदस्यलाई कोरोना देखिएको अख्तियार स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप