आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुरु भयो जसपाको प्रशिक्षण, तस्बिरमा हेर्नुहोस्

बुधबार, २१ साउन २०७७, १५ : ४१
बुधबार, २१ साउन २०७७

काठमाडौँ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको जनता समाजवादी पार्टी नेपालको प्रशिक्षण शुरु हुने भएको छ ।  बालकुमारीस्थित तुलसीलाल आमात्य प्रतिष्ठानको सभाकक्षमा प्रशिक्षण हुने भएको हो 

जनता समाजवादी पार्टी नेपालले कार्यकारणी समितिका सम्पूर्ण सदस्य तथा पदाधिकरीलाई आजदेखि २४ गतेसम्म पार्टीको सैद्धान्तिक अवधारणाको बारेमा चार दिनको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । सो प्रशिक्षण कार्यक्रममा पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टी संगठन र यसको कार्यपद्धति, वर्तमान राजनीतिक अवस्था र अगामी कार्यभारलगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ ।

कार्यकारिणी समितिकाका सदस्य तथा पदाधिकारीहरुलाई पार्टीकै नेताहरुबाट प्रशिक्षण दिइने बताइएको छ । प्रशिक्षण सम्पन्न भएपछि २५ र २६ गते कार्यकारी समितिको बैठक बस्ने र सो बैठकबाट आवश्यक निर्णयहरु लिने बताइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप