सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अपडेट : कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

बुधबार, २१ साउन २०७७, १८ : ५१
बुधबार, २१ साउन २०७७

काठमाडौ । बुधबार कोरोना संक्रमणबाट थप  तीन जनाको मृत्यु भएको छ । उनीहरुको काठमाडाैं र मोरङमा मृत्यु भएको हो । काठमाडौँमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । ती महिला साउन १६ गते सशस्त्र प्रहरी अस्पताल भर्ना भएकी  थिइन् । 

त्यस्तै बुधबार नै मोरङमा २ जना पुरुषको मृत्यु भएकामा उनीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा उपचार उपचारका क्रममा ज्यान गुमाएका उनीहरु दुवैको रिपोर्टमा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा विराटनगर ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षकै पुरुष रहेका छन् । 


आजै स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पर्साका २ जनाको पनि मृत्यु भएको जानकारी दिएको थियो । एक जनाको बुधबार बिहान र अर्काको सोमबार राति मृत्यु भएको थियो ।  थप ३ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिन बाँकी रहेकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप