सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मिलेनियम बेबी केयरका उत्पादन सार्वजनिक

मङ्गलबार, २७ भदौ २०७४, १८ : ३८
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौं–मिलेनियम बेबी केयर उत्पादक कम्पनीले नेपालमा आफ्नो बेबी केयर उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले स्यानिटरी न्यापकिन पहिलो पटक सूपथ मूल्यमा नेपालमा सार्वजनिक गरेको हो । 


कम्पनीले आफ्नै उत्पादन यूनिट भएको डायमण्ड नेपालसँग सहकार्य गरेको छ । डायमण्ड नेपाल प्रालि बिगत ४७ वर्षदेखि खाद्यसामाग्री उद्योगको क्षेत्रमा साधारण व्यापार तथा बितरण च्यानल भएको कम्पनी हो ।


भारत र यूएईमा सार्वजनिक भएपछि अब मिलेनियम बेबी केयरले आफ्नो ब्राण्ड बट टम, पापिमो बेबी प्याण्ट डाइपर र फ्रि मी स्यानिटरी न्यापकिन्स नेपालमा सार्वजनिक गरेको हो । यी ब्राण्ड अब नेपाल, भारत र दुबईमा उपलब्ध हुने छन् ।


मिलेनियम बेबी केयरको उत्पादन बेबी पुलअप प्यान्ट स्टाइल डाइपर जून डाइपर उद्योगमा पछिल्लो नविनतम डिजाइन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप