गत वर्ष राजस्व ०.२० प्रतिशतले वृद्धि, व्यक्तिगत प्यान लिने ९९ प्रतिशतले बढे
गत आर्थिक वर्ष २०७६ मा राजस्व ०.२० प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ०.२० प्रतिशतले राजस्व बृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ३९ अर्ब रूपैयाँ राजस्व संकलन भएकोमा गत वर्ष ८ खर्ब ४१ अर्ब रूपैयाँ राजस्व संकलन भएको हो ।
मन्त्रालयका अनुसार भन्सार महसुल अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ११.१८ प्रतिशतले कम उठेको छ । गत आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब रूपैयाँ भन्सार राजस्व संकलन भएकोमा त्यस अघिको वर्षमा १ खर्ब ५५ अर्ब रूपैयाँ मात्रै उठेको छ ।
यता व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरु ९९.१७ प्रतिशतले बढेका छन । गत वर्ष ९ लाख ८२ हजार ३ सय ६९ जनाले प्यान नम्बर लिएका छन् । अघिल्ले वर्ष ९ लाख ९० हजारले प्यान नम्बर लिएका थिए । हालसम्म व्यक्तिगत प्यान नम्बर लिनेको संख्या १९ लाख ७३ हजार ७ सय ५२ पुगेको छ ।