कैलालीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, २६ साउन २०७७, १३ : ०५
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४०३ जनाको नमुना परीक्षण हुँदा २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा कैलालीको गोदावरी ७ का १९, २२, बर्षका पुरुषमा रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
हालसम्म सोअस्पतालबाट २० हजार १३८ जनामा कोभिड–१९ को परीक्षण गरिएको र १८ हजार ५८१ जनाको नतिजा नेगेटिभ आएको उनले बताए ।