पोखरा महानगरको कर्मचारीमा कोरोना संक्रमण
सोमबार, २६ साउन २०७७, १३ : १०
पोखरा । पोखरा महानगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । पोखरा महानगरपालिका वडा नं. २७ मा कार्यरत महिला कर्मचारीमा संक्रमण देखिएको वडा अध्यक्ष नारायण वरालले बताए । वडा अध्यक्ष बरालले कर्मचारीमा कोरोना संक्रमण भएसँगै वडा कार्यालय सिल गर्न लागिएको छ । अध्यक्ष बरालकाअनुसार संक्रमित कर्मचारी स्वाब निकालिएको दिनबाट होम क्वारेन्टीनमा बसिरहेकी थिइन् ।
उनीसँगै पोखरामा वडा नं. ५ पनि संक्रमित भेटीएका छन् । पोखरामा दुई गरि गण्डकी प्रदेशमा ८ जना संक्रमित संक्रमित थपिएका छन् । सोमबारको ८ सहित गण्डकी प्रदेशमाजम्मा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० संक्रमितहरु निको भएर घर फर्किएका छन् ।