सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लेली वाइनले ल्यायो नगद छुट अफर

मङ्गलबार, २७ भदौ २०७४, २२ : ००
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौं – लेली वाइनले आउँदो चाडपर्वलाई लक्षित गर्दै कम्पनीले आफ्ना ग्राहकहरुलाई छुट अफर ल्याएको छ । 

 लाइक लेचुरल लेले वाइन उद्योगद्वारा उत्पादन हुने लेलि वाइन नेपाली वाइन बजारमा अग्रणी स्थानमा रहेको कम्पनीको दावी रहेको छ । कम्पनीले  ‘सिधै ग्राहकलाई नगद छुट अपहार’ अफर ल्याएको छ । अफरमा ग्राहकले प्रति बोतल ३५ रुपैया छुट पाउने छन् । कम्पनीद्वारा  लेली स्वीट रेड वाइन, लेली स्वीट लेडिज स्पेशस वाइन र लेली स्वीट स्वाइट बजारमा छन् । 

 बाइनको मुल्य ४ सय ५० रुपैयाँ रहेको छ । छुट अवसरमा ४ सय १५ रुपैया उपलब्ध गराउने निर्णय भएको उद्योगका कार्यकारी निर्देशक विकास खतिवडाले बताए । 

प्राकृतिक स्वाद र शैलीमा उत्पादित लेलीवाइन सतप्रतिशत फलफुलमा आधारित रहेको कम्पनीको दावी छ । आफ्नो उत्पादनलाई अन्तराष्ट्रिय बजारमा समेत पठाउने योजनामा रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप