सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

बुधबार, २८ साउन २०७७, ११ : ५९
बुधबार, २८ साउन २०७७

काठमाडौं । प्रदेश १ सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसद श्रेष्ठलाई वुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी नेकपाका तर्फबाट प्रदेश सभासदस्य निर्वाचित भएकी हुन् । 
आफूलाई कोरोना पुष्टि भएपछि श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी छन् । 

‘कोभिड १९ को महामारीबाट अछुतो रहन सकिएन । २४ गते स्वाब परीक्षण गराएको थिएँ, आज रिपोर्ट पोजेटिभ आएछ । नयनजी र मसँग एक हप्ताभित्र सम्पर्कमा रहनु हुने सम्पूर्ण महानुभाबहरु सचेत र सजग रहनु होला’, उनले अरुलाई पनि सचेत गराएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप