सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या ४ हजार नाघ्यो

बुधबार, २८ साउन २०७७, १२ : ४४
बुधबार, २८ साउन २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५५ पुगेको छ । मंगलबार कञ्चनपुरका १४ जना निको भएर घर गएसँगै निको हुनेको संख्या ४ हजार ५५ पुगेको हो ।
 स्वास्थ्थ्य निर्देशनालय डोटीले जनाएअनुसार  ४१ हजार ३३३ जनाको र्थोट स्वाब नमुना जाँचबाट ४ हजार ७९५ मा संक्तमण पुष्टि भएको छ ।  सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले प्रदेशमा निको हुनेको संख्या बढ्दै गएको उनले बताए । 

यसैबीच सेती प्रादेशिक अस्पतालमा मंगलबार गरीएको परिक्षणमा थप १० जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। हाल नमुना संकलन भएकामध्ये १ हजार ७२२ को रिपोर्ट आउन बाँकी रहेको छ । 

हालसम्म फेला परेका संक्रमितहरुमा अछामका ७१८, बैतडीका ३२२, बझाङ्गका २८३ ,बाजुरा ४५२, डडेल्धुराका ३०४, दार्चुलाका ४३, डोटीका ७४० , कैलालीका १३४४ र कंचनपुरका ५८९ गरि ४ हजार ९५ रहेका छन् । जसमा महिला १ हजार १७२ र पुरुष ३ हजार ६२३ संक्रमित रहेका छन् । 

हाल क्वारेन्टिनमा १ हजार ९९० पुरुष र ७ सय १८ महिला रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप