काठमाडौंका पसलहरुमा हुँदैन स्वास्थ्य मापदण्डको पालना (फोटोफिचर)
बुधबार, २८ साउन २०७७, २० : ३३
काठमाडौं । काठमाडौंमा स्वास्थ्य मापदण्ड पालना नगरी व्यापार व्यवसाय सञ्चालन भएको पाइएको छ । रातोपाटीकर्मीले शंखमुलदेखि बानेश्वर क्षेत्रसम्म निक्याल्दा पसल तथा होटल सञ्चालनमा स्वास्थ्य मापदण्ड पालना न गरेको पाइएको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार काठमाडौंका विभिन्न ठाउँमा गरेको अनुगमनको क्रममा पनि स्वास्थ्य मापदण्ड पूरा नगरी व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको भेटिएको थियो ।
सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनुरुप मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग नगर्ने गरेको पहलहरुमा पाइँदैन ।