बिहारमा एकै दिनमा करिब ४ हजार कोरोना सङ्क्रमित
बिहीबार, २९ साउन २०७७, २२ : ४०
एजेन्सी । विहारमा विगत २४ घण्टाको अवधिमा करिब चार हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ । हालसम्म बिहारमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ हजार ९१६ रहेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या झण्डै २४ लाख गुगेको छ भने छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोभिड सङ्क्रमित छन् भने करिब १७ लाख सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्क छ । भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ ।