बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु
शनिबार, ३१ साउन २०७७, ११ : २४
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ ।
२९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको कोरोना फोलक पर्सन डा. सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए । उनमा यसअघि नै कोरोना पुष्टि भइसकेको उनको भनाइ छ । ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो
यसअघि पनि कपिलवस्तुका एकजनाको कोरोनाका कै कारण मृत्यु भएको थियो ।