सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

शनिबार, ३१ साउन २०७७, १२ : ००
शनिबार, ३१ साउन २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बझाङ र कैलालीका १–१ जनामा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको हो । बझाङमा आत्महत्या गरेका व्यक्तिमा कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ पाइएको थियो भने कैलालीका अर्का १ जना संक्रमितको चितवनमा मृत्यु भएको थियो । 

यसअघि नै बझाङका २, बाजुरका २, अछामका १, कैलालीका ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

हाल अछाममा ५६, बैतडीमा ६, बझाङ्गमा १७५, बाजुरामा १५, डडेल्धुरामा ५, दार्चुलामा ३०, डोटीमा १६८, कैलालीमा, १७९ र कञ्चनपुरमा १४ गरी ६४८ जना सकृय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप