बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धरौटी रकम नबढाउन सरकारलाई म्यानपावर व्यवसायीको दवाब

बुधबार, २८ भदौ २०७४, १२ : ३६
बुधबार, २८ भदौ २०७४

काठमाडौं–म्यानपावरहरुलाई  धरौटी रकम बढाउने प्रस्तावित मस्यौदा फिर्ता नगरेसम्म  वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन जारी रहने बताएका छन् । सरकारले प्रस्तावित प्रावधानमा धरौटी रकमलाई  रु ३० लाखबाट बढाएर एक करोड बनाउन लागेको छ । 
श्रम मन्त्रालयले संशोधनका लागि तयार गरेको मस्यौदा प्रति व्यवसायीले चर्को विरोध जनाएका छन् । वैदेशिक रोजगार क्षेत्रका बेथिती हटाउन श्रम मन्त्रालयले चालेको मस्यौदा तयार गरेको छ । प्रस्तावित मस्यौदा अनुसार पारित भएमा  वैदेशिक रोजगार क्षेत्रमा थप समस्या आउने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले ठोकुवा गरे । 
वैदेशिक रोजगार व्यवसायीले सात लाख नगद र २३ लाख बैक जमानी गरि रु ३० लाख धरौटी राख्नुपर्ने प्रावधान रहेको छ । वैदेशिक रोजगार विभागमा मस्यौदा फिर्ताका लागि आन्दोलनलाई थप कार्यक्रमका लागि आन्तरिक छलफल भईरहेको गुरुङले बताए । मंगलबार व्यवसायीले वैदेशिक रोजगार विभागमा धर्ना दिएका थिए ।
प्रस्तावित प्रावधानले व्यवसायीलाई अझ बढाउने गुरुङले दावी गरे । एकल स्वामित्वमा संचालित म्यानपावरले धरौटी रकम पु–याउन पार्टनर खोज्ने हुनाले कम्पनीमा डाइरेक्टर थपिन्छ । उनले भने –एकै कम्पनीमा धेरै डाईरेक्टर हुनसक्छन् । उनिहरुले लगानी उठाउन प्रयत्न गर्ने कारण ठगि बढ्ने बताए ।  

पुर्व श्रम मन्त्री दिपक बोहराको समयमा व्यवसायी र सरकारी पक्षले तयार गरेको मस्यौदालाई अध्ययन नै नगरि हचुवाका भरमा श्रममन्त्रालयले एकतर्फी मस्यौदा ल्याएको बताउदै संघले ३० लाखबाट धरौटी थप्न नसकिने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप