सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पका भाइ गम्भीर बिरामी

आइतबार, ३२ साउन २०७७, ०७ : २८
आइतबार, ३२ साउन २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प गम्भीर रुपमा बिरामी भएका छन् । ह्वाइट हाउसले ७२ वर्षीय रोबर्टलाई न्यूयोर्कको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ ।

उनको स्वास्थ्यबारे थप जानकारी नदिएता पनि अन्तरराष्ट्रिय मिडियाले उनको हालात गम्भीर भएको बताएका छन् ।

यसअघि शुक्रबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केलिग म्याकनेनीले एबीसी न्यूजसँग रोबर्टलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेकी थिइन्, पछि ट्रम्पले यसबारे जानकारी दिए ।

‘मसँग निकै उत्कृष्ट भाइ छन् । पहिलो दिन देखि नै हामीबीच निकै मधुर सम्बन्ध रह्यो,’ डोनल्ड ट्रम्पले पत्रकारलाई भने । ‘र अहिले उनी अस्पतालमा छन् । उनी चाँडै निको होलान् भन्ने आशा गरेको छु तर उनको अवस्था नाजुक छ ।’

रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेट बिजनेस सम्हाल्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप