रौतहटमा एक युवकको घाँटी काटेर हत्या
रौतहट – रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ ।
जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो ।
चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्थामा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।
आज बिहान ६ बजे स्थानीयको खबर अनुसार जिंगडिया गाउँ भन्दा करिब ३ सय मिटर पर चौरमा शव बरामद भएको छ ।
प्रारम्भिक चरणमा धारिलो हतियारले घाँटी काटिएको तर पुरै न छिनालिएको डिएसपी महतोले बताए ।
अहिले घटनास्थल प्रहरीले सुरक्षित बनाएर अनुसन्धानको लागि तालीम प्राप्त कुकुर मगाईँदैछ डिएसपी महतोले बताए ।
घटनास्थल र प्रकृति हेर्दा कसैले कुनै रिसिभिको कारण निरन्जन रामको घाँटी रेटेर हत्या गरेको हुनसक्ने डिएसपी ज्ञानकुमार महतोले आशंका व्यक्त गरेका छन् ।
घटनाको थप अनुसन्धानपछि मात्र हत्या किन र कसले गर्यो बताउन सकिने डिएसपी महतोले जानकारी दिएका छन् ।