सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

आइतबार, ३२ साउन २०७७, १० : ०१
आइतबार, ३२ साउन २०७७

सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् । 

बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएकोे छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप