सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा २४ घण्टाभित्र १ सय ४४ जनामा कोरोना संक्रमण

आइतबार, ३२ साउन २०७७, १९ : ०९
आइतबार, ३२ साउन २०७७

जनकपुर । प्रदेश नम्बर २ मा नेपाल राष्ट्र बैँकका ३ जना कर्मचारीसहित थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशमा संक्रमितको कूल संख्या ६ हजार ९ सय ६५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काडमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बाग्मती र भिबिडिआरटीसिी हेटौंडामा गरिएको परीक्षणअनुसार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

आईतबार स्वास्थ्यकर्मी, बैँकका कर्मचारी, कानून व्यवसायी, मुख्यमन्त्री कार्यालय तथा आवासका कर्मचारी लगायतमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी पर्सामा ६६, धनुषामा ३२, रौतहटमा २१, सर्लाहीमा १२, महोत्तरीमा ७ र बारामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

पर्साको वीरगञ्जमा २६, वीरगञ्जकै अपौनीमा ३, श्रीपुरमा ४, पानी ट्यांकीमा ३, रानीघाटमा २, उच्च सरकारी वकिल कार्यालयमा १, स्वावलम्बन लघुवित्त वित्तिय संस्थानमा १, भवानीपुरमा २, पर्सागढी हारपुरमा १, नारायणी अस्पतालमा २, पर्सागढी नगरपालिकामा २, बिन्दवासिनी गाउँपालिकामा १, पोखरिया नगरपालिकामा १२, बहुदरमाई नगरपालिका भवनाटारमा १, पनटोखामा १, परवानीपुर पर्सामा १, वीरगञ्जको सुगौलीमा १ र ठाउँ नखुलेको स्थानका २ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै, धनुषाको जनकपुरधाममा ४, मिथिला विहारी नगरपालिकास्थित ललियामा ११, जवडीमा १, गुराँस लाइफ इन्स्योरेन्सका २, मुख्यमन्त्री आवासमा कार्यरत औरही गाउँपालिका र जनकपुरधामका १÷१ जना, मुख्यमन्त्री कार्यालयका ३, काव्या अस्पतालका १, नेपाल राष्ट्र बैँक जनकपुरधाम कार्यालयमा ३, नेपाल बङ्गलादेश बैँकका ३ र हंसपुर नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी रौतहटको राजदेवी नगरपालिकाका १६, चन्द्रपुर नगरपालिकाका ३, गरुडा नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ । उता, सर्लाहीको लालबन्दी नगरपालिकामा ११ जना र हरिपुर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिकामा ५, बलवा नगरपालिकामा १, काव्या अस्पतालमा रहेका मटिहानी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बाराको कोल्हवी नगरपालिकामा १, नेपाल इन्भेष्टमेन्ट बैँक जीतपुर ब्रान्चका १, परवानीपुरका १, कलैयाका २ र महागढीमाई नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ महिलासहित ७५ जना निको भएर आफ्नो घर फर्किसकेका छन् भने कोरोनाबाट निको हुनेको संख्या ३ हजार ६ सय ८७ पुगेको छ । हाल यस प्रदेशमा ३ हजार २ सय ३३ जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।

जनकपुरधामस्थित काव्य अस्पतालमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएपछि आज देखि आईसीयू कक्षलाई सिल गरिएको छ भने संक्रमितको उपचारमा खटेका  १ जना चिकित्सक र २ जना सहयोगीहरु होम आईसोलेसनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप