सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चाइनिज ब्राण्ड कासाका २०० र २५० बाइक नेपालमा: एयर कुल, सिङ्गल सिलिण्डरसहित यस्ता छन् विशेषताहरु

आइतबार, ३२ साउन २०७७, २० : ४२
आइतबार, ३२ साउन २०७७

काठमाडौं । स्टाइल ट्रेड लाइन कम्पनीले नेपाली बजारमा कासाका ब्राण्डका कासाका २०० र कसाका २५० गरी दुई नयाँ बाइकहरु भित्र्याएको छ । कम्पनी, नेपालका लागि चाइनिज ब्राण्ड जायलिका मोटरसाइकलहरुको आधिकारिक बिक्रेता पनि रहि आएको छ ।

कासाका २०० मा एयर कुल, सिङ्गल सिलिण्डर, र ४ स्ट्रोक सहित १९७ सी.सी.को इन्जिन जडान गरिएको छ । बाइकमा ९.२: १ कम्प्रेसन रेसियो, सि.डी.आई. इग्निसन, र इलेक्ट्रिक र किक स्टार्ट प्रबिधि समेटिएका छन् । कासाका २००को अधिकतम शक्ति १०.५/७५०० के.डब्लुु./आर.पी.एम र अधिकतम टोर्क १४.०/६५०० एन.एम/आर.पी.एम. मापन गरिएको छ । साथै बाइककोे अधिकतम गति १०० र ग्राउण्ड क्लियरेन्स २९० एम.एममा सिमित रहेको छ ।

कासाका २००का विशेषताहरु
इन्जिन

किसिम : सिङ्गल सिलिण्डर, ४ स्ट्रोक, एयर कुल सहितको १९७ सीसीको इन्जिन छ । यसमा बोर स्ट्रोक ६३.५ ८ ६२.२, कम्प्रेसन रेसियो ९.२ः१, इग्निसन पद्धती सी.डी.आई., स्टार्टिङ मोड इलेक्ट्रिक र किक, ट्रान्समिसन इन्टरनेशनल फाइभ स्पिड, यसको अधिकतम शक्ति १०.५/७५०० के.डब्लुु./आर.पी.यम, अधिकतम टोर्क, १४.०/६५०० एन.एम./आर.पी.एम., यो बाइकको लम्बाई २०५०, चौडाई ८५०,उचाई ११७० रहेको छ । त्यसैगरी, न्यूनतम ग्राउण्ड क्लियरेन्स २९०, ह्वील बेश १३२०, सिट उचाई ८८०, तौल १२०, अधिकतम लोडिङ १५० र फिउल ट्याङ्क क्षमता १२ लिटर रहेको छ ।

पफर्मेन्स
अधिकतमगति: १००
अन्य
एफ.आर.टायर:९०/१००/२१
आर.आर.टायर: १२०/९०/१८
बे्रक: एफ.आर. डिस्क/आर.आर. डिस्क
ब्याट्री: १२ भी७ एएच
रातो अनि सेतो रंगमा यो बाइक उपलब्ध छ । 

नेपालमा कसाका २०० को मूल्य र उपलब्धताः
स्टाइल ट्रेड लाइनले नेपालमा कासाका २००को मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकेको छ भने बाइक हाल धादिङ स्थित आरुघाट, भरतपुर नारायणघाटस्थित पारस बासपार्क, र काठमाडौं नयाबजार स्थित नेपाल बंगलादेश बैंक बिल्डिङमा बिक्रीका निम्ति उपलब्ध छ ।

कासाका २५० मा एयर कुल, सिङ्गल सिलिण्डर, र ४ स्ट्रोक सहित २२३ सी.सी.को इन्जिन जडान गरिएको छ । त्यसैगरी कम्प्रेसन रेसियो, इग्निसन, र स्टार्ट प्रबिधि भने अथावत अर्थात क्रमशः ९.२ः१, सी.डी.आई., र इलेक्ट्रिक र किकनै रहेको छ । कासाका २५०को अधिकतम शक्ति १०.५/७५०० के.डब्लुु./आर.पी.एम. र अधिकतम टोर्क १४.०/६५०० एन.एम/आर.पी.एम. मापन गरिएको छ । साथै बाइकले २०५ किलोमिटरसम्मको अधिकतम गति, २०० एम.एम. ग्राउण्ड क्लियरेन्स र ३५ किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्दछ ।

कासाका २५० का विशेषताहरु
इन्जिन

कासाका २५० सिङ्गल सिलिण्डर, ४ स्ट्रोक, एयर कुल सहित २२३ सीसी इन्जिनमा उपलब्ध छ । यसको बोर स्ट्रोक ६६.५, ६६.२, कम्प्रेसन रेसियो ९.२ः१, इग्निसन पद्दती: सी.डी.आई., स्टार्टिङ मोड इलेक्ट्रिक र किक, ट्रान्समिसन इन्टरनेशनल फाइभ स्पिडमा रहेका छ । यसको अधिकतम शक्ति १२.००/७५०० के.डब्लुु./आर.पी.एम., अधिकतम टोर्क १६.०/६५०० एन.एम./आर.पी.एम सहित बडि लम्बाई २१२०, चौडाई ८४०, उचाई ११२०, न्यूनतम ग्राउण्ड क्लियरेन्स २००, वील बेश १३६५, सिट उचाई ८७० रहेको छ ।

यसैगरी बाइकको तौल १२६ केजी र अधिकतम लोडिङ १५० रहेको छ । फिउल ट्याङ्क क्षमता १०.५ लिटर छ । पफर्मेन्सका आधारमा यो बाइकको अधिकतम गति १०५ रहेको कम्पनीले बताएको छ । त्यसैगरी, एफ.आर.टायर ९०/९०/२१, आर.आर.टायर ४/६०/१८, ब्रेक: एफ.आर. डिस्क/आर.आर. डिस्क, ब्याट्री  १२ भी७ एएच भने हरियो अनि कालो रंगमा यो बाइक उपलब्ध छ । 

नेपालमा कसाका २५० को मूल्य र उपलब्धताः
नेपालमा कासाका २५०को मूल्य ४ लाख १५ हजार रुपैयाँ तोकिएको छ । बाइक सोही माथि उल्लेखित स्थानहरु अर्थात धादिङस्थित आरुघाट, भरतपुर चितवनस्थित पारस बासपार्क, र काठमाडौं नयाबजार स्थित नेपाल बंगलादेश बैंकको भवनमा बिक्रीका निम्ति उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप