भिसा अवधि सकिएका विदेशी नागरिकहरुलाई युएई सरकारको तीन महिने आममाफी
युएई- युएईमा भिसा अवधि समाप्त भएका विदेशी नागरिकहरुको लागि युएई सरकारले थप तीन आममाफी (एम्नेष्टी) घोषणा गरेको छ।
गत मार्च १ तारिक भन्दा अघि सकिएका सबै प्रकारका भिसा (टुरिस्ट र रेसिडेन्स) वाहकहरुको हकमा आजदेखि लागु हुने गरि तीन महिना थप गरिएको युएई सरकारलाई उदृत गर्दै खालिज टाईम्सले समाचार छापेको छ।
गत मार्च १ अघि भिसा सकिएर युएईमा गैर कानुनी रुपमा बसेका नेपाली लगायत अन्य विदेशी नागरिकहरुका लागि ३ महिनाको आममाफ़ी खुलेको हो। तर आगामी नोभेम्बर १७ भित्र उनीहरुले युएई छोड्नु पर्ने हुन्छ।योबीचमा कुनै पनि जरिवाना लाग्ने छैन ।
दुबई एयरपोर्टबाट यात्रा गर्नेहरुले ४८ घण्टा भन्दा अगाडि नै एयरपोर्टमा रहेको एम्नेस्टी अथोरिटीबाट क्लिएरेन्स लिनु पर्नेछ भने अबुधावी, शारजाह र रस अल खेमाबाट यात्रा गर्नेहरुले ६ घण्टा अघि नै अनुमति लिनुपर्नेछ ।
यो आममाफी मार्च १ पछि भिसा अवधि सकिएर गैरकानुनी बस्नेहरुको हकमा लागु हुनेछैन । मार्च १ पछि भिजिट भिसा सकिएकाहरुले आगामी सेक्टेम्बर ११ अधिनै युएई छाड्नु पर्ने वा भिसा रिन्यु गर्नु पर्ने छ।
यसरी फर्किएकाहरु भविष्यमा फेरि युएई आउनको लागि कुनै प्रतिबन्ध लाग्ने छैन।