बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टेकुमा कोरोना परीक्षण गराउनेको भीड, तस्विरमा हेर्नुहोस्

सोमबार, ०१ भदौ २०७७, १२ : ४६
सोमबार, ०१ भदौ २०७७

लकडाउन खुकुलो भएसँगै राजधानी काठमाडौँमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेको छ । दैनिक सयौँको संख्यामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसको संक्रमितहरु थपिरहेका छन् ।

समुदायस्तरमा भाइरसको संक्रमण फैलिएपछि यतिबेला कोरोनाभाइरसको परीक्षण गर्ने स्थानहरुमा मानिसहरुको बाक्लो भीड देखिन थालेको छ । विशेष गरेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिबेला कोरोनापरीक्षण गराउने मानिसहरुको बाक्लो भीड देख्न सकिन्छ ।

अस्पतालका अनुसार अहिले अस्पतालमा औसतमा ६ सयजना मानिसहरु कोरोना परीक्षणका लागि आउने गरेका छन् । हेरौँ तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप