सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

सोमबार, ०१ भदौ २०७७, १६ : ३४
सोमबार, ०१ भदौ २०७७

हेटौडा । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएको पाइएको छ ।  कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको  उनको सचिवालयले जनाएको छ । 

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे । हेटौंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना सङ्क्रमण पुष्टि भए पनि उनीमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप