सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियलमीका ४ नयाँ एआइओटी डिभाइस बजारमा

सोमबार, ०१ भदौ २०७७, १९ : ३६
सोमबार, ०१ भदौ २०७७

काठमाडौं । रियलमी स्मार्टफोन ब्राण्डले नेपाली बजारमा आफ्नो नयाँ एआइओटी उत्पादनहरु सार्वजनिक गरेको छ । चार नयाँ उपकरणहरुमा रियलमी स्मार्ट ब्याण्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्ट घडी रहेको छ । सबै उपकरणहरु सबै ९५० भन्दा बढि अफलाइन रिटेलर र दराज डट कम डट एनपीमा उपलब्ध हुनेछ ।

रियलमी स्मार्ट घडी
रियलमीको पहिलो स्मार्ट घडीमा कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन सहित ३.५ सीएम कलर टच डिस्प्ले छ । रियलमी घडीले ३८० निट्स ब्राइटनेस सहित १० लेबलको ब्राइटनेस प्रदान गर्दछ । डिस्प्ले स्पष्ट कलर र उत्कृष्ट तस्वीर गुणस्तर उत्पादन गर्न सक्षम छ जसले यसलाई यो मुल्य दायरामा उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने स्मार्ट घडी बनाउँछ ।

यसको शानदार डिस्प्ले बाहेक, स्मार्ट घडीमा सही हर्ट रेटको जानकारी र ब्लड अक्सिजन निगरानीका लागि GOODiX PPG हर्ट रेट सेन्सरका साथ आउँछ । प्रयोगकर्ताहरुले स्मार्ट नोटिफिकेशन विशेषता, प्रत्येक व्यक्तिको शैली अनुसार सुहाउने दर्जनौं वाच फेस, आइओटी स्मार्ट कनेक्ट र १४ विभिन्न स्पोट मोडलका साथ आईपी ६८ वाटर रेसिस्टेन्टको मज्जालिन सक्दछन् ।

रियल मी स्मार्ट ब्याण्ड
ब्याण्ड सुन्दर ढंगले ठुलो २.४ सीएम स्क्रिनमा डिजाइन गरिएको छ जससँग ६५००० कलरहरु उत्पादन गर्ने क्षमता छ । भर्चुअल बटनका साथ प्रयोगकर्ताले आफ्नो सुविधाका लागि स्मार्टफोन बिना नै इन्टरफेस मार्फत स्क्रोल गर्न सक्छन्, पृष्ठहरु परिवर्तन गर्न र अन्य सामान्य अन्तरक्रियात्मक फंशनहरु प्रयोग गर्न सक्छन् ।

रियलमी ब्याण्डमा २४ घण्टा हर्ट रेट सेन्सर, स्मार्ट नोटिफिकेशन, वाच फेसहरुको छनौट, क्रिकेट सहित ९ विभिन्न स्पोर्ट मोड र आइपी६८ वाटर रेसिस्टेन्ट जस्ता विशेषताहरु छन् । यसमा डाटा ट्रान्समिसन सहित यूएसबी प्रत्यक्ष चार्जिङ छ जसमा चार्जिङ वा डाटा केबल बोकी राख्नु आवश्यक पर्दैन ।

रियलमी बड्स एयर नियो
बड्स एयर नियोले करिब १७ घण्टाको उत्कृष्ट ब्याट्री लाइफ र उत्कृष्ट ध्वनी गुणस्तरसहित वास्तविक वायरलेस म्युजिक सुन्न अनुभव प्रदान गर्दछ । यसमा १३ एमएम ठुलो ड्रइभर र एडभान्स एलसीपी मल्टीलेयर कम्पोजिट डाएफार्म छ जसले ब्राइट ट्रिबल र हार्नेश बिना राम्रो बास प्रजनन सुनिश्चित गर्दछ । 

रियलमीको एक्सक्लुसिभ कस्टम आर १ चिपले वायरलेस कनेक्टिभिजी अनुभवलाई नयाँ स्तरमा पुर्याएको छ । बड्स एयर नियो गेमिङ मोडको साथ सुसज्जित छ जसले ५१ प्रतिशत ढिलाइलाई ११९.३ एमएसमा कम गर्दछ । यी बड्सहरु पानीबाट अतिरिक्त सुरक्षाका लागि आइपीएक्स४ रेटेड छ ।

रियलमी बड्स एयर
र, अन्ततः एयर बड्स ती व्यक्तिहरुका लागि हो जो रियलमीको उत्कृष्ट टीडब्लुएस एयर बड्स चहन्छन्् । यो शानदार लो लेटेन्सी, उत्कृष्ट अडियो क्वालिटी, उत्तम ब्याट्री लाइफ र रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिपबाहेक रियलमी बड्स एयरले वायरलेस चार्जिङ सपोर्ट, वातावरण हल्ला क्यानसीलेसन र स्मार्ट इन—इयर डिटेक्शन प्रदान गर्दछ । 

यी विशेषताहरुले टीडब्लूएस बड्सलाई बजारमा वास्तविक सम्भावयता ल्याउँदै वायरलेस म्युजिक प्रेमीहरुका लागि उत्कृष्ट विकल्पहरु मध्यको एक बनेको छ । यो ब्ल्याक, ह्वाइट र रियलमीको आइकोनिक एल्लो कलर उप्सनमा उपलब्ध छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप