आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्युठानमा च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी

मङ्गलबार, ०२ भदौ २०७७, १० : ०१
मङ्गलबार, ०२ भदौ २०७७

बुटवल – प्यूठानमा विषालु च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ । एकै परिवारका तीन जना विरामी परेका छन् ।

जंगलमा पाइने विषालु च्याउ खाँदा नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्तिले जंगली बिषालु च्याउको तरकारी पकाई खादाँ झाडापखाला लागी घरका ५ जनाको परिवार सिकिस्त बिरामी भएको भएको थियो ।

बिरामीहरुलाई उपचारको लागी जिल्ला अस्पताल बिजुवार प्यूठान पठाएकोमा ५ जना परिवार मध्ये २ जनाको बाटोमै मृत्यु भएको र अन्य बिरामीहरुको जिल्ला अस्पताल बिजुवार प्यूठान उपचार हँुदै जिल्ला प्रहरी कार्या  प्युठानले जनाएको छ ।

प्यूठान नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्ति ,उनकी श्रीमती बर्ष ३४ कि लिला घर्ति र छोरा बर्ष १६ को शसि घर्तिको उपचार हुदै गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप