सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्युटेसनका कारण कोरोनाभाइरस १० गुणा बढी संक्रामक

तर किन वैज्ञानिक ‘यो राम्रो कुरा हो’ भन्दैछन् ?
मङ्गलबार, ०२ भदौ २०७७, १२ : १६
मङ्गलबार, ०२ भदौ २०७७

युरोप, उत्तर अमेरिका र एसियाका विभिन्न क्षेत्रमा धेरै नै पाउन थालिएको कोरोनाभाइरसको म्युटेसन बढी संक्रामक तर कम घातक रहेको पाइएको एक शीर्ष संक्रामक रोग विशेषज्ञ डाक्टरले बताएका छन् । नेशनल युनिभर्सिटीका शीर्ष सल्लाहकार तथा इन्टरनेशनल सोसाइटी अफ इन्फेक्सियस डिजजका अध्यक्ष पाउल ताम्बयाले डी६१४जी म्युटेसनको पोलिफिरेसन विश्वका केही भागमा मृत्युदरमा आएको कमीसँग मिलेको बताउँदै यसले भाइरस कम घातक बनेको संकेत मिलेको बताएका हुन् ।

‘सायद एउटा भाइरस बढी संक्रामक तर कम घातक हुनु राम्रो कुरा हो,’ उनी भन्छन् । उनले समयसँगै अधिकांश भाइरस कम विषमय बन्ने पनि बताए ।

‘धेरैभन्दा धेरैलाई संक्रमित बनाउने तर उनीहरुलाई नमार्नेमा भाइरसको चासो हुन्छ किनभने उसलाई खाना र वासस्थानको लागि शरीर चाहिन्छ,’ उनको भनाइ छ ।

वैज्ञानिकहरुले फेब्रुअरीको सुरुवातमा नै युरोप र अमेरिकामा फैलिएको भाइरसमा म्युटेसन भएको पाइएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै बताएको थियो । म्युटेसनले भाइरसलाई अझै घातक बनाएको भन्ने कुनै प्रमाण नपाइएको डब्लूएचओको भनाइ थियो ।

आइतबार मात्र मलेसियाका स्वास्थ्य विभागका महानिर्देशक नुर हिसाम अब्दुल्लाहले नयाँ दुई क्लस्टरमा कोरोनाभाइरसको डी६१४जी म्युटेसन पाइएको भन्दै थप निगरानी बढाउन आग्रह गरका थिए ।

नुरु हिसामले डी६१४जी स्ट्रेन पहिलेभन्दा १० गुणा बढी संक्रमक रहेको बताए । यद्यपि, यो म्युटेसनले खोप निर्माणमा भने कुनै असर नगर्ने स्वास्थ्य अधिकारीहरुको भनाइ छ । म्युटेसनले भाइरसलाई त्यति मात्रामा परिवर्तन गरेको छैन जसले खोप निर्माणको प्रक्रियालाई असर गरोस् ।

सिंगापुरमा पनि कोरोनाभाइरसको म्युटेसन पाइएको छ तर प्रतिबन्धका नियमहरुले भाइरसको संक्रमणलाई रोक्न सफल भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

स्रोत : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप