सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

मङ्गलबार, ०२ भदौ २०७७, १४ : ४३
मङ्गलबार, ०२ भदौ २०७७

महोत्तरी । महोत्तरीको जलेश्वर–रौजा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गए राति ज११प १३८६ नम्बरको मोटरसाइकलमा चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल बलवा नपा–८ स्थित सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा  घटनास्थलमै मृत्यु भएको थियो ।  ठाकुरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप