सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा ६ लाख रुपैयाँसहित २ महिला  पक्राउ

बुधबार, ०३ भदौ २०७७, १६ : १३
बुधबार, ०३ भदौ २०७७

रौतहट । रौतहटमा श्रोत नखुलेको लाखौं रुपैयासहित २ महिला पक्राउ परेका छन् ।  गौर नगरपालिका -३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका २ भारतीय महिला स्रोत नखुलेको ६ लाख ४० हजारसहित पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट असई मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले  २ भारतीय महिलाको साथबाट स्रोत नखुलेको ६ लाख ४० हजार बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।

रकमसहित पक्राउ पर्नेमा भारतको विहार सितामढी बैरगनिया ग्राम पंचायत वडा नं. १ सिन्दुरीया वस्ने वर्ष ४५ की शान्तिदेवी र सोही ठाउँ वस्ने वर्ष ४५ की मिनादेवी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप