यार्न एण्ड टेक्सटायल एक्सपो हुने
बुधबार, २८ भदौ २०७४, १८ : १८
काठमाडौं–नेपाल धागो उत्पादनक संघको आयोजनामा भदौ ३० गतेवाट असोज ३ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ‘नेपाल यार्न एण्ड टेक्सटायल एक्सपो’ हुने भएको छ ।
नेपालमा उत्पादित धागोवाट तयार गरेका सामाग्री, कपडा, होजियारी, सटिङसुटिङ, निटिङ लगायतका वस्तुलाई समेटेर यो मेला आयोजना भएको आयोजकले जनाएको छ ।
ती उद्योगलाई आवश्यक पर्ने वस्तुको उपलव्धता, जानकारी र प्रदर्शनी एक्सपोमा हुनेछ । नेपालमा धागो उत्पादक संघका अनुसार हाल पोलिस्टर, भिस्कोस, सुती, एक्रेलिक, मिलान्ज लगायत बार्षिक ४० हजार मेट्रिक टन धागो उत्पादन हुदै आएको छ ।
यो उत्पादन मध्ये ८० प्रतिशत निर्यात हुन्छ भने २० प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । धागो तथा कपडा उद्योगले प्रत्यक्ष ५० हजारलाई रोजगारी दिएको जनाइएको छ ।