सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा कोभिडका संक्रमित ६ हजार नाघे

बुधबार, ०३ भदौ २०७७, २० : ०१
बुधबार, ०३ भदौ २०७७

एजेन्सी । माल्दिभ्समा पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका हुन् । 

सो समाचारअनुसार यहाँ कोरोना सङ्क्रमणबाट मारिने व्यक्तिको संख्या २४ पुगेको छ । यहाँका स्थानीय मिडियाले बुधबार सो समाचार दिएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार मंगलबार मात्र १७० जनामा सङ्क्रमण भएको पाइएको थियो । 

स्वास्थ्य अधिकारीहरुले दिएको समाचारमा बुधबार मात्र यहाँ सङ्क्रमण हुने व्यक्तिको संख्या ६ हजार ७९ पुगेको छ । यहाँका सङ्क्रमितमध्ये ३ हजार ४८८ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ४०१ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप