सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुगल पहिरो पीडितलाई बर्गर हाउसको २ लाख ५२ हजार

बुधबार, ०३ भदौ २०७७, २३ : ४६
बुधबार, ०३ भदौ २०७७

काठमाडौं । केही दिनअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गएको पहिरो पीडितहरुका लागि द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन परिवारले २ लाख ५२ हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार बसेको सो बर्गर हाउस व्यवस्थापनले जुगल गाउँँपालिकाकी उपप्रमुख सृजना तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम सो बर्गर हाउसका विभिन्न शाखाहरुबाट उपलव्ध भएको जनाइएको छ ।

गाउँपालिका उपप्रमुख तामाङले सहयोग गर्ने बर्गर हाउस र त्यसको व्यवस्थापनलाई आभार व्यक्त गरेकी छिन् । गत साउन ३० गते बिहान गएको उक्त पहिरोमा परेर २५ जनाको मृत्यु भएको थियो भने ३ दर्जनभन्दा बढी घरहरु पूर्णरुपमा क्षति भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप