आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थप १७ ट्राफिक प्रहरीमा कोरोना पुष्टि

बिहीबार, ०४ भदौ २०७७, १३ : ०४
बिहीबार, ०४ भदौ २०७७

काठमाडौँ । क्वारेन्टिनमै बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ । १७ जना थप भएसँगै ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । 

दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उनीहरुको बिहीबार रिपोर्ट आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप