सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बिहीबार, ०४ भदौ २०७७, १६ : २२
बिहीबार, ०४ भदौ २०७७

काठमाडौं । प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बिहीवार बेलुका ५ वजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।  यसअघि सोमबार नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । स्रोतका अनुसार मुुलुकमा कोरोना भाइरस (कोभिड १९ ) का संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । 

बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा भएको छ । गत चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप