आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको कान्दाहारमा १ तालिबान कमाण्डर मारिए

बिहीबार, ०४ भदौ २०७७, २२ : ४०
बिहीबार, ०४ भदौ २०७७

एजेन्सी । अफगानिस्तानको कान्दाहारमा एकजना तालिबान कमाण्डर कारबाहीमा मारिएका बताइएको छ । अफगानिस्तानको पूर्वी प्रान्तमा मंगलबार भएको कारबाहीका क्रममा ती सैनिक मारिएका अफगानिस्तानको सुरक्षा निकायले जनाएको छ ।

कान्दाहारको सारजाद नाम गरेका एकजना तालिबानका कमाण्डर अफगान सेनाको कारबाहीमा परी मारिएका समाचारमा जनाइएको छ ।अफगानिस्तानको सेनाका प्रवक्ताले उक्त क्षेत्रमा ती तालिबान कमाण्डर लुकेर रहेको सूचनाको आधारमा गरिएको कारबाहीका क्रममा उनी मारिएको बताइएको छ ।

यसैगरी सो क्षेत्रमा तालिबान आतंककारीहरुले नागरिकको हत्याका लागि राखेका बारुदी सुरुङबाट  विस्फोटक पदार्थहरु अफगानिस्तानको सेनाले बरामद गरेको पनि समाचारमा जनाइएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप