लकडाउन २.० : निषेधाज्ञामा थप कडाई, दोस्रो दिन यस्तो देखियो काठमाडौँ
शुक्रबार, ०५ भदौ २०७७, १० : ४३
काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको आज दोस्रो दिन । मानिसहरुले निषेधाज्ञालाई लकडाउन २.० पनि भनिरहेका छन् । यसअघि लागू गरिएको लकडाउन कै झल्को दिने गरी उपत्यकाका सडकहरु सुनसान बनेका छन् ।
कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले एक हप्ता लामो निषेधाज्ञा लगाएको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन ३ हजारभन्दा बढी सुरक्षाकर्मीहरु सडकमा परिचालन गरिएका छन् ।
निषेधाज्ञाको पहिलो दिन बिहीबार सयौँ सवारी साधान कारवाहीमा परेका थिए भने सयौँ पैदलयात्रुलाई समेत कारवाही गरिएको थियो । प्रशासनले निषेधाज्ञामा कडाई गरेपछि आज बिहीबारको तुलनामा पनि कम सवारीसाधानहरु चलेका छन् ।
अत्यावश्यक सेवाका सवारीसाधानहरुलाई भने निर्वाधरुपमा चल्न दिइएको छ । तस्विरमा हेर्नुहोस्ः