बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

‘निजी अस्पतालमाथि सरकारबाट अपमानित हुने ढंगबाट व्यवहार नहोस्’

शुक्रबार, ०५ भदौ २०७७, २० : ५०
शुक्रबार, ०५ भदौ २०७७

एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गर्न सरकारसँग आग्रह गरेको छ । 

शुक्रबार दुई संस्थाका अध्यक्षद्वय बसन्तकुमार चौधरी र डा. लोचन कार्कीको संयुक्त अध्यक्षतामा बसेको बैठकले राष्ट्रमाथिको समस्या सम्पूर्ण स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरुको साझा समस्या भएको भन्दै यस्तो भयावह स्थितिमा दुबै संस्था हर प्रकारबाट सरकारसँग सहकार्य गर्न उत्सुक रहेको धारणा व्यक्त गरेको छ । 

यस्तै बैठकले नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आआफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव समेत पेश गरेको भएपनि सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नभएको आरोप लगाइएको छ । 

बैठकले    कोभिड १९ महामारीको यो स्थितिमा अफिन र एशोसियसन बिरामीको उपचारमा दत्तचित्त रहेको भन्दै आप्mनो साधन श्रोतको अधिकतम उपयोग गरि सेवामा सधैं उपस्थित रहने प्रतिवद्धता व्यक्त समेत गरेको छ ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप