सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाबाट एकै दिन सबैभन्दा बढी मृत्यु, आईसीयू र भेन्टिलेटरमा चाप

शनिबार, ०६ भदौ २०७७, ०७ : ०७
शनिबार, ०६ भदौ २०७७

कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । 
कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

समाचार अनुसार कोरोना सङ्क्रमण बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ ।
 मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार देशभर १४८ जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १५ जना सङ्क्रमित भेन्टिलेटरमा र १३३ जना सङ्क्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिँदै बाग्मती प्रदेशका मात्र ५२ जना आईसीयूमा रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप