सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण, परिवार सबैको नेगेटिभ

शनिबार, ०६ भदौ २०७७, १० : ३०
शनिबार, ०६ भदौ २०७७

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीनेपाल प्रहरीको स्वाब परीक्षण गर्दा  सशस्त्रका ७ र नेपाल प्रहरीका २ जना गरी ९  सुरक्षाकर्मीहरुमा  कोरोना पोजिटिभ देखिएको हो ।

पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ । 

माधव नेपालका परिवारले तीन पटकसम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिसकेका छन् ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप