सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइतबारको मौसम पूर्वानुमान

आइतबार, ०७ भदौ २०७७, ०७ : ५३
आइतबार, ०७ भदौ २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको जनाएको छ । 

महाशाखाले न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल देशको अधिकांश स्थानहरुमा सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा र बाकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ । 

आइतबार पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, गण्डकी प्रदेश एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति देशभर सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

भने, प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप