सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२२ प्रहरी र ८ थुनुवासहित ३० जनामा कोरोना देखियो

आइतबार, ०७ भदौ २०७७, ०९ : ०२
आइतबार, ०७ भदौ २०७७

 सिरहा ।  सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ देखि ५३ वर्ष उमेरका सबै पुरुष हुन् ।

जिल्ला  स्वास्थ कार्यालय सिरहाकाअनुसार इलाका प्रहरी कार्यालय लहानका ३० जनामा कोरोना पुष्टि भएको हो ।
 सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलका अनुसार ईलाका प्रहरी कार्यालय लहानका २२ प्रहरीमा कोरोना पुष्टि भएको छ । यस्तै ८ जना थुनुवामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।

यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५  जना,  इलाका प्रहरी गेालबजारका १० प्रहरीमा कोरोना देखिएको थियो ।

संक्रमित सबै प्रहरी कार्यालयकै आइसोलेसनमा बसेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डीएसपी बिनोद घिमिरेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप